पोखरामा दुई महिलाले चिनियाँ नागरिकसँग बालिकाको बिहे गराइदिएपछि...
पाेखरा | साउन ३१, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले मानव वेचविखन तथा ओसारपोसार गरेको आरोपमा चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा लेकसाइडस्थित होटल मिराकलबाट चिनियाँ नागरिकसहित ३ जनालाई हिजो (मंगलबार) पक्राउ गरेको हो ।
पोखरा १६ संगमटोल बस्ने २२ वर्षीय सरु वि.क, पोखरा २२ आर्वा बस्ने ३४ वर्षीय भगवती अधिकारी र चिनिया नागरिक झी मिङ चेनलाई मानव वेचविखन तथा ओसारपोसार मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपोसार मुद्धामा ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
घटना केःहो ?
कास्की प्रहरीका अनुसार साउन १३ लमजुङको साबिक भोज स्थायी घर भई पोखरा १६ संगमटोल बस्ने सरु विक र पोखरा २२ आर्वा बस्ने अन्दाजी ३४ वर्षीय भगवती अधिकारीले १४ वर्षीय बालिकालाई अभिभावकलाई कुनै जानकारी नदिई चिनिया नागरिकसँग बिहे गर्न प्रस्ताव गर्छन् ।
‘तिमी दुःख पाउने केटी रहेछौं, हामीहरुले चाईनिज नागरिकलाइ चिनेका छौं, तिमी उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ’ भन्दै बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई चिनियाँ नागरिकसँग आर्थिक लिएर उनीहरुले विवाह गरिदिन्छन् ।
चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि बालिकालाई लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।
बालिकालाई वेचविखन गर्ने उद्धेश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटलमा बन्धक बनाएको भन्दै पीडित बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानको क्रममा चिनिया नागरिकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

